पुँजीगत खर्चको गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न निर्देशन दिएकी छन् । बजेट तथा कार्यक्रम कार्यान्वयन समीक्षा बैठकमा उनले उक्त निर्देशन दिएकी हुन् ।
डङ्गोलले स्वीकृत कार्यक्रम कार्यान्वयनबाट मानिसलाई कति लाभ दियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको विभागीय प्रमुखसँग बताइन् । “कार्यान्वयन भएका कार्यक्रमको अध्ययन विश्लेषण गरेर नतिजा मापन गर्नुहोला”, उनले भनिन्, “लिखित आन्तरिक समन्वय प्रणाली कार्यान्वयनमा ल्याउनुहोला । यसले जवाफदेहितामा वृद्धि हुनेछ ।”
प्रशासन विभागका प्रमुख महेश काफ्लेले प्रशासनिक खर्च घटाउने दिशामा विभाग केन्द्रित रहेको बताए । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले कार्यक्रमको मात्र नभई नीतिको पनि समीक्षा गर्नुपर्ने अवस्था रहेको औँल्याइन् ।
कामपाको बजेटको मुख्य भार भएको विभाग सार्वजनिक निर्माण विभाग हो । यस विभागअन्तर्गत रु पाँच अर्ब ७७ करोड अर्थात् कामपाको कुल बजेटको २३ प्रतिशत बजेटका १९१ वटा योजना छन् । यीमध्ये अहिलेसम्म ४८ वटा योजना सम्पन्न भइसकेका छन् । यी योजनाका लागि रु एक अर्ब ५५ करोड भुक्तानी भइसकेको विभागका प्रमुख सुरेश राईले जानकारी दिए ।
यो २६.८ प्रतिशत वित्तीय प्रगति हो । उनका अनुसार धुलोरहित कार्यक्रमअन्तर्गत पूर्व क्षेत्रमा ७६ प्रतिशत, उत्तर क्षेत्रमा ६८ प्रतिशत, मध्यक्षेत्रमा ६७ प्रतिशत र पश्चिम क्षेत्रमा ३० प्रतिशत वित्तीय प्रगति भएको छ ।
उज्यालो काठमाडौँअन्तर्गत ६२ स्थानमा हाइमास्ट लाइट जडान गरिसकिएको छ । यसको भौतिक प्रगति ९५ प्रतिशत भएको छ भने वित्तीय प्रगति ५० प्रतिशत छ । आकस्मिक मर्मत कार्य करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
शिक्षा विभागले कार्यान्वयन गर्नुपर्ने ११९ वटा कार्यक्रम छन् । विभागका प्रमुख नमराज ढकालले ८९ वटा नयाँ कार्यक्रम रहेको बताए । यसमध्ये १६ वटा सङ्घीय सरकारका सशर्त अनुदानमा सञ्चालित छन् ।
स्वास्थ्य विभागले रु नौ करोड ५४ लाख सङ्घ सरकारको बजेटबाट ३० वटा, रु दुई करोड १९ लाख प्रदेश सरकारको बजेटबाट तीन वटा र रु ८६ करोड २६ लाख ४२ हजार कामपाको आन्तरिक बजेटबाट १५४ वटा गरी १८७ वटा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण