हिमा गाउँपालिकामा सुख्खा पहिरो, ३ घरमा क्षति
सारांश
- जुम्लाको हिमा गाउँपालिकामा सुख्खा पहिरो जाँदा तीन घरमा क्षति पुगेको छ, जसमा एउटा घर पूर्ण रूपमा नष्ट भएको छ।
- पहिरोले घरभित्र रहेका अन्नपात र अन्य सामग्रीमा क्षति पुर्याएको छ, र स्थानीयले २० लाख रुपैयाँ बराबरको क्षति अनुमान गरेका छन्।
- स्थानीय सरकारलाई निवेदन दिए पनि पहल नभएको र घटनापछि सम्बन्धित निकाय समयमै नपुगेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।
कालीबहादुर परियार
जुम्ला । जुम्लाको हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुख्खा पहिरो खस्दा तीन वटा घरमा क्षति पुगेको छ। चैत १७ गते दिउँसो करिब १२ बजेतिर गाउँ माथिबाट खसेको पहिरोले स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एउटा घर पूर्ण रूपमा नष्ट भएको छ भने अर्को घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ ।
त्यस्तै सोही स्थानका बुच्चो अधिकारीको घरमा पनि क्षति पुगेको छ। पहिरोका कारण घरभित्र रहेका अन्नपात, भाँडाकुँडा लगायतका सामग्री समेत पूर्ण रूपमा नष्ट भएका छन्।
घटनाबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीयले अनुमान गरेका छन्। दिनको समयमा पहिरो गएको कारण मानवीय क्षति भने नभएको बताइएको छ।
स्थानीयका अनुसार, उक्त क्षेत्रमा ढुंगा खस्ने जोखिमबारे गाउँका युवाहरूले एक हप्ता अघि नै स्थानीय सरकारलाई निवेदन दिएका थिए।
जनप्रतिनिधिहरूले स्थल निरीक्षण गरी समस्या समाधान गर्ने आश्वासन दिएको भए पनि प्रभावकारी पहल हुन नसकेको गुनासो गरिएको छ।
घटना भएको घण्टौं बितिसक्दा पनि सम्बन्धित निकाय घटनास्थलमा नपुगेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। घरधनी आफै प्रहरी चौकी जुगाडमा निवेदन दिन जाँदा भोलि आउने आश्वासन मात्र पाएको बताइएको छ।
हाल प्रभावित परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। स्थानीयवासीका अनुसार, खल्ढुङ्गा गाउँ लामो समयदेखि कमजोर चट्टान र भीरको जोखिममा रहेको छ।
यसअघि २०७९ साल असोजमा आएको अविरल वर्षाका कारण पनि सोही गाउँका छ वटा घर पहिरोले बगाएको थियो । तर, त्यसबेला पनि पीडितहरूले पर्याप्त राहत पाउन नसकेको गुनासो छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण