इराकको कुर्दिस्तानमा दुई नेपालीको मृत्यु
सारांश
- इराकको कुर्दिस्तानमा दुई नेपाली नागरिकको मृत्यु भएको छ।
- मृत्यु हुनेमा गोरखाकी रिता भुजेल र लमजुङका लेखमान घले रहेका छन्।
- रिता भुजेल सुलेमानियामा र लेखमान घलेको एर्बिलमा मृत्यु भएको हो।
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा इराकको कुर्दिस्तान क्षेत्रमा रहेका दुई जना नेपाली नागरिकको मृत्यु भएको छ। २८ मार्च का दिन कुर्दिस्तानको एर्बिल र सुलेमानिया सहरमा उनीहरूको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनए इराकले जनाएको छ ।
एनआरएनए इराकले दिएको विवरणअनुसार मृत्यु हुनेमा गोरखाकी रिता भुजेल र लमजुङका लेखमान घले रहेका छन्।
साविक धावा–३, तान्द्राङ (गोरखा) घर भएकी रिता भुजेल सुलेमानिया सहरस्थित आफू बस्ने कोठामै मृत अवस्थामा फेला परेकी हुन्। उनी विगत १० वर्षभन्दा लामो समयदेखि इराकको कुर्दिस्तानलाई कर्मथलो बनाएर त्यहाँ कार्यरत थिइन्।
त्यसैगरी, कुर्दिस्तानकै अर्को सहर एर्बिलमा लमजुङका लेखमान घलेको मृत्यु भएको छ। लमजुङको दोर्दी–५, पाचोक घर भएका घलेको एर्बिलस्थित जुमुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीहरु कुन स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए भन्नेबारे खुलाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण