जागिर नपाएपछि सडकमा बाँडे बायोडाटाः गुगलसमेत दुईसय कम्पनीबाट पाए अफर
अमेरिकाको सिलिकन भ्यालीका जागिर नपाएपछि निराश बनेका एक वेब डेभलपरले काम खोज्ने एक भिन्न तरिका अपनाए । डेभिड क्यासारेज शुक्रबार बिहान राम्रो सर्ट र टाइ लगाएर नजिकैको हाइवे मेडियनमा हातले लेखेको कार्डबोर्डसहित उभिए ।
‘बेघर’, बोर्डमा लेखिएको थियो । सफलताको भोको, कृपया बायोडाटा लिनुहोस् ।’
एक महिलाले बायोडाटासहित उनको तस्बिर ट्वीटरमा पोष्ट गरिदिइन् जुन रातारात भाइरल भयो । त्यसपछि उनलाई शनिबार अपरान्हसम्म गुगल, नेटफ्लिक्स र लिइङ्क्डइनसमेत करिब दुई सय कम्पनीबाट जागिरको अफरसहितको फोन आयो ।
‘गुगलले मलाई जागिरको प्रस्तावसहित फोन गर्यो,’ २६ वर्षीयले निकै खुसी हुँदै द पोष्टलाई बताए ।
‘अन्य थुप्रै कम्पनी । प्यान्डोरा । नयाँ खोलिएका दर्जनौं कम्पनीले पनि फोन गरे,’ उनले भने ।
‘बिटक्वोइन डट कमका प्रडक्ट म्यानेजरले मलाई टोकियोमा काम गर्न चाहन्छौ भनी प्रश्न सोधे, ’ उनले भने ।
‘तर आज राती म रेङ्गस्टोर्फ पार्कको आफ्नो बेन्चमा फर्कन चाहन्छु ।’
टेक्ससस्थित लारेडो टाउनमा हुर्किएका उनले टेक्ससको ए एण्ड एम युनिभर्सिटीमा म्यानेजमेन्ट इन्फर्मेशन सिस्टममा स्नातक तहको अध्ययन गरेका छन् ।
‘म एक वर्षसम्म आफ्नो २०१५ फोर्ड ट्रान्जिट युटिलिटी भ्यानमा नै बसेँ ।’
‘मलाई कसैले पनि जागिर दिएन । गत जनवरीमा मैले एप्पल कम्पनीमा अन्तर्वार्ता दिएँ तर त्यसको पदपूर्ती आन्तरिक रुपमा नै गरियो,’ उनले भने ।
क्यासारेजका अनुसार फ्रिल्यान्सिङको क्रममा उनले केही वेब र लोगो डिजाइन गरे ।
तर एक महिना अघि उनको भ्यान जफत गरिएदेखि उनी पार्कमा नै बस्दै आएको बताए ।
शुक्रबार उनी निकै ठाँटिएर खाममा राखिएको बायोडाटासहित सडकमा निस्किए ।
‘म शिर उठाएर भावी अवसरलाई नियालिरहेका थिएँ,’ उनले थपे ।
‘यो मेरो लागि अन्तिम अवसर जस्तो थियो । यदि मेरो यो सोचले काम नगरेको भए म आफ्नो आमाबुवाको घर जान्थें र आफ्नो सपना त्यागिदिन्थे,’ उनले भने ।
उनको फोटो ट्वीटरमा पोष्ट गर्ने महिलाले लेखेकी थिइन्, ‘मैले आज यी बेघर मानिसले पैसा माग्नुको साटो आफ्नो बायोडाटा बाँडिरहेको देखें ।’
‘कृपया डेभिडलाई सहयोग गर्न यसलाई रिट्वीट गर्नुहोस्,’ उनले शुक्रबार करिब पाँच बजेतिर लेखिन् ।
शनिबार मध्यान्तरसम्म क्यासारेज र उनको बायोडाटा ५० हजारपटक रिट्वीट भयो र यसले ७० हजार लाइक पायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण