कांग्रेस सांसद केसी र एमाले सांसद अर्यालविरुद्धको रिटमा सुनुवाइ सकियो
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र एमालेकी नेतृ पद्मा अर्याललाई सांसदको हैसियतमा काम गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा सुनुवाइ सकिएको छ ।
खजान्ती महतोले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएको हो ।
महतोले खस आर्य कलष्टरबाट पटक-पटक पदको लाभ लिएको भन्दै केसी र अर्यालविरुद्ध रिट दिएका हुन् । महतोले दुई जनाले पटक- पटक मन्त्री पदको लाभ लिइसकेको र समानुपातिक प्रणालीको धज्जी उडाएको भन्दै आफूले रिट दिएको रातोपाटीलाई बताए ।
रिट निवेदक महतोले केसी र अर्यालको नियुक्तिबाट संविधानको उल्लङ्घन साथै सर्वोच्च अदालतका फैसलाहरू विपरीत भएको दाबी गरिएको छ । दुवै जना समानुपातिक प्रणालीबाट नियुक्त भएकाले बदर हुनुपर्ने जिकीर रिटमा छ ।
उनीहरूलाई सांसद बनाउनु भनेको संविधानको धारा ४२ को व्यवस्थाविपरित हुने दाबी समेत गरिएको छ । समानुपातिक प्रतिनिधित्वको मर्म र भावना विपरीत उनीहरूलाई सांसद बनाइएको रिट निवेदक महतोको दाबी छ ।
महतोको रिटमा सामाजिक न्यायसम्बन्धी हक कार्यान्वयन गरी समानुपातिक प्रतिनिधित्वमा पिँधमा रहेका वर्गलाई अवसर दिन भनिएको छ । त्यस्तै, रिटमा संविधानको धारा ४२ मा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका समानुपातिक समावेशी नीतिका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने भनिएपनि सांसद बनाउँदा पटक पटक लाभ लिएका र यसअघि नै मन्त्री र सांसद भएकाहरूलाई बनाइएको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण