बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सारिकालाई ‘कान्छी आइलभ यु...’ भन्दै पछि लागे पियुस

सोमबार, ०२ साउन २०७४, ११ : ०९
सोमबार, ०२ साउन २०७४


काठमाडौं – चलचित्रको अलवा अभिनेत्री सारिका घिमिरे म्युजिक भिडियोहरुमा पनि त्यतिकै देखिने गरेकी छन् । सातामा एक दुई वटा उनले अभिनय गरेको म्युजिक भिडियो रिलिज हुने गरेको छ । 


यस्तैमा उनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा उनलाई पियुस शम्शेर कुवँरले उनलाई ‘कान्छी कान्छी कान्छी आइलभ यु...’ भन्दै पछि लागेको देख्न सकिन्छ । 


ताराबीर पाण्डेको स्वरमा रहेको गीत ‘कान्छी आई लभ यु....’ को भिडियो जनकराज अधिकारीले छायाँकन गरेका हुन्, भने तुलसी बाँस्कोटाले निर्देशन गरेका छन् । 
योदिन एमएल सम्बाहाम्फेको शब्द तथा सङ्गीतमा तयार भएको गीतको म्युजिक भिडियोमा सारिका, पियुस शम्शेर कुवरसँगै जीवन कटुवाल र सुरज शर्मा पनि अभिनयमा देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप