दासढुङ्गा र घुमाउनेमा सडक दुर्घटना, २५ जना घाइते
नारायणगढ (चितवन) । नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दासढुङ्गामा आज अपराह्न ३ः४० बजे बस र तेल ट्याङकर ठोक्किँदा १३ जना तथा घुमाउने क्षेत्रमा यात्रुवाहक ईभी माइक्रो र टिपर ठोक्किँदा चालकसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दासढुङ्गामा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारामा रोकिएको ना ४ ख २५०३ नम्बरको तेल बोकेको ट्याङ्करलाई ठक्कर दिएको थियो ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ । घाइतेमध्ये नाम, थर र वतन नखुलेका अन्दाजी ३८ वर्षीया महिला र २५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको तथा उनीहरू बोल्न नसक्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ । दुर्घटनापछि बस र ट्याङ्करका चालक फरार रहेका छन् ।
त्यसैगरी आजै घुमाउने क्षेत्रमा भएको दुर्घटनामा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००९३ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट जाँदै गरेको ना २ क ५८८ नम्बरको टिपर ठोक्किएका हुन् ।
दुर्घटनामा परेको माइक्रोमा तीर्थ यात्रामा निस्किएका महोत्तरीको किसाननगर–६ स्थित ‘न्यू सरस्वती स्वावलम्बन महिला केन्द्र (नम्बर ८८)’ का सदस्यहरू सवार थिए । सबै घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा एक जनाको अवस्था गम्भीर, नौ जनाको मध्यम र तीन जनाको सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण