१० बजे १० समाचार : सभामुखमा डीपीको चर्चा, एमालेमा बादल निर्विरोध
आज २०८२ चैत १८ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- कांग्रेस विवाद
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने ५०७ जना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरू नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् ।
- सभामुखको निर्वाचन
प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने बैठकले २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार बस्ने पहिलो बैठकमा प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिए ।
- बजेट निर्माणको नेपथ्य
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको बहुवर्षीय योजनाहरूको तथ्याङ्कले प्रदेशभरि रुग्ण आयोजनाहरूको चाङ निकै ठुलो देखाएको छ । सडक, पुल, खानेपानी, सिँचाइ, सहरी विकास र अस्पताल निर्माणलगायतका क्षेत्रमा घोषणा गरिएका अर्बौं रुपैयाँ बराबरका सयौँ बहुवर्षीय योजना अहिले अलपत्र छन् ।
- इनिसा मृत्यु प्रकरण
सुर्खेत जिल्ला अदालतले इनिसा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना किशोरलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । मंगलबार सुर्खेत जिल्ला अदालत, बाल इजलासका न्यायाधीश दीपक ढकालले यस्तो आदेश दिएका हुन् ।
- बादललाई चिठ्ठा
नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा उनी दलको नेता चयन भएका हुन् ।
नेकपा एमालेले फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको हार र घट्दो जनमतका पछाडि मुख्य रूपमा नयाँ पुस्ता (जेनजी) को उदय र उनीहरूको बदलिँदो मनोविज्ञानलाई प्रमुख कारण मानेको छ।
- हवाई जहाजको भाडा
वाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । नेपाल वायुसेपा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नयाँ भाडादर कायम गरेको हो ।
- खतराको घण्टी
नेपालमा युरोप र अमेरिकी मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ । यद्यपि, सार्क र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा भएको भारी वृद्धिका कारण समग्र पर्यटन आगमन भने उत्साहजनक नै देखिएको छ ।
- बिहीबारदेखि एसईई
बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले बिहीबार बिहान ८ बजेदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
- न्यायालय
जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकविरुद्ध हिल्टन होटल प्रकरणमा दायर भएको विद्युतीय कारोबार सम्बन्धी मुद्दा खारेज गरेको छ ।
उच्च अदालत पाटनले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज हुने फैसला सुनाएको छ ।
सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
- फिफा विश्वकप
सन् २०२६ को विश्वकप छनोट प्ले-अफ सकिएको छ र अब यसै गर्मीयाममा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने प्रतियोगिताका लागि सबै ४८ टोलीको टुंगो लागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण