अब ३३ सय भन्दा कममा जहाज चढ्न नपाइने
सारांश
- हवाई इन्धनको भाडा बढेपछि हवाई जहाजको भाडा समेत बढेको छ।
- नेपाल वायुसेपा सञ्चालक संघले बुधबार इन्धनको मूल्य समायोजन गरेर नयाँ भाडादर कायम गरेको हो।
- विभिन्न रुटमा १ हजार ६०० देखि ५ हजार ४८० रुपैयाँसम्म भाडा बढेको छ।
काठमाडौं । हवाई इन्धनको भाडा बढेसँगै हवाई जहाजको भाडा समेत बढेको छ । वायुसेवा सञ्चालक संघले बुधबार बढेको इन्धनको मूल्य (सरचार्ज) समायोजन गरेर नयाँ भाडादर कायम गरेको हो ।
यस अनुसार फ्युल सरचार्ज बापत विभिन्न रुटमा १ हजार ६०० रुपैयाँदेखि ५ हजार ४८० रुपैयाँसम्म भाडा बढेको छ । काठमाडौंबाट धनगढीको फ्युल सरचार्जमा ५ हजार ४८० रुपैयाँ वृद्धि गरिएको छ ।
त्यस्तै, सुर्खेतका लागि ४ हजार २८५ रुपैयाँ, नेपालगञ्जका लागि ४ हजार ४५ रुपैयाँ, भद्रपुरका लागि ३ हजार ७२५ रुपैयाँ, भैरहवाको लागि २ हजार ५५५ रुपैयाँ, विराटनगरका लागि २ हजार ९८० रुपैयाँ, पोखराका लागि १ हजार ९७० रुपैयाँ र जनकपुरका लागि १ हजार ६०० रुपैयाँ सरचार्ज निर्धारण गरिएको छ ।
यस्तो छ न्यूनतम भाडादर
सञ्चालक संघका अनुसार अब काठमाडौंबाट ट्रंक रुटका जहाज चढ्न न्यूनतम ३३ सय ४४ रुपैयाँदेखि देखि अधिकतम २३ हजार ५९ रुपैयाँसम्म लाग्ने भएको छ । काठमाडौं सिमराका लागि न्यूनतम र काठमाडौं धनगढीका लागि अहिले सबैभन्दा धेरै भाडा निर्धारण गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण