हिल्टन होटलको मुद्दामा पत्रकार दिलभूषण पाठकले पाए सफाइ
बुधबार, १८ चैत २०८२, १९ : ५५
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकविरुद्ध हिल्टन होटल प्रकरणमा दायर भएको विद्युतीय कारोबार सम्बन्धी मुद्दा खारेज गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको एकल इजलासले बुधबार उक्त मुद्दामा प्रहरीको दाबी नपुग्ने भन्दै पत्रकार पाठकलाई सफाइ दिएको हो ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा पाठकविरुद्ध विद्युतीय कारोबार कसुरमा मुद्दा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण