२० वर्षपछि चेक रिपब्लिक विश्वकपमा छनोट, डेनमार्क पेनाल्टीमा स्तब्ध
सारांश
- चेक रिपब्लिकले डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै २० वर्षपछि विश्वकपमा छनोट भएको छ।
- खेल २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा चेक रिपब्लिक विजयी भयो।
- डेनमार्कका खेलाडीहरूले पेनाल्टीमा कमजोर प्रदर्शन गर्दा चेक रिपब्लिकले जित हासिल गर्यो।
प्राग । डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेक रिपब्लिक २० वर्षपछि विश्वकपमा छनोट भएको छ। प्रागमा भएको रोमाञ्चक प्ले-अफ फाइनलमा डेनमार्कको कमजोर पेनाल्टी प्रहारको फाइदा उठाउँदै चेक रिपब्लिकले विश्वकपको टिकट काटेको हो।
निर्धारित र थप गरिएको समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा डेनमार्कका खेलाडीहरूले निकै फितलो प्रदर्शन गरे।
म्यानचेस्टर युनाइटेडबाट नापोलीमा लोनमा रहेका स्ट्राइकर रास्मस होयलण्डले प्रहार गरेको बल क्रसबारमा लागेर बाहिरिएको थियो। डेनमार्कका लागि क्रिस्टियन एरिक्सनले मात्र पेनाल्टीमा गोल गर्न सके भने अन्य दुई प्रहार लक्ष्यबाहिर गएका थिए।
चेक रिपब्लिकका लागि टोमास चोरी, टोमास सुचेक र मिचल साडिलेकले पेनाल्टीमा गोल गरे। लाडिस्लाभ क्रेइची भने पेनाल्टीमा चुकेका थिए। यसअघि खेलको तेस्रो मिनेटमै पावेल सुल्कको गोलबाट चेक रिपब्लिकले अग्रता लिएको थियो। तर दोस्रो हाफमा डेनमार्कका जोआचिम एन्डर्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
अतिरिक्त समयमा चेक रिपब्लिकले पुनः अग्रता लिए पनि १११ औँ मिनेटमा डेनमार्कका कास्पर होघले हेडमार्फत गोल गरेपछि खेल पेनाल्टीमा धकेलिएको थियो। पेनाल्टीमा डेनमार्कका खेलाडीहरू नर्भस देखिँदा चेक रिपब्लिकले बाजी मार्यो।
चेक रिपब्लिक पछिल्लो पटक सन् २००६ को विश्वकपमा सहभागी भएको थियो। यो जितसँगै उसले दुई दशक लामो पर्खाइ अन्त्य गरेको छ। अर्कोतर्फ डेनमार्क भने सन् २०१४ पछि पहिलो पटक विश्वकपबाट बाहिरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण