ग्योकेरेसको निर्णायक गोलमा स्विडेन विश्वकपमा छनोट
सारांश
- भिक्टर ग्योकेरेसको निर्णायक गोलले स्विडेनले पोल्याण्डलाई ३-२ ले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गर्यो।
- खेलमा एन्थोनी एलाङ्गा, निकोला जालेव्स्की, गुस्ताफ लागर्बिएल्के र कारोल स्विडेर्स्कीले गोल गरेर खेललाई रोमाञ्चक बनाए।
- स्विडेनले पोल्याण्डसँगको हारको बदला लिँदै विश्वकपको समूह 'एफ' मा नेदरल्यान्ड्स, जापान र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ।
स्टकहोम । आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि स्विडेनले पोल्याण्डलाई ३–२ ले स्तब्ध पार्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। स्टकहोममा भएको रोमाञ्चक प्ले-अफ फाइनलमा ८८ औँ मिनेटमा ग्योकेरेसले गोल गरेपछि स्विडेनको विश्वकप यात्रा निश्चित भएको हो।
गत हप्ता युक्रेनविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गरेका ग्योकेरेसले पोल्याण्डविरुद्धको खेलमा पनि आफ्नो लयलाई निरन्तरता दिए। खेल अतिरिक्त समयतर्फ धकेलिने सङ्केत देखिएका बेला उनले बललाई जाली चुमाएका थिए। यसअघि पोल्याण्डले दुई पटकसम्म पछि परेको अवस्थालाई उल्ट्याउँदै खेल बराबरीमा ल्याए पनि हार टार्न सकेन।
खेलको १९ औँ मिनेटमा यासिन अयारीको उत्कृष्ट ब्याकहिल पासमा एन्थोनी एलाङ्गाले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए। तर ३३ औँ मिनेटमा निकोला जालेव्स्कीले उत्कृष्ट गोल गर्दै पोल्याण्डलाई बराबरीमा फर्काए। पहिलो हाफको अन्तिम समयमा गुस्ताफ लागर्बिएल्केले बेन्जामिन निग्रेनको फ्रि-किकमा हेडमार्फत गोल गरेपछि स्विडेन पुनः २–१ ले अघि बढ्यो।
दोस्रो हाफको ५५ औँ मिनेटमा कारोल स्विडेर्स्कीले जालेव्स्कीको पासमा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएका थिए। त्यसपछि पोल्याण्डले लगातार दबाब सिर्जना गरे पनि भिक्टर लिन्डेलोफले गोललाइनबाट बल क्लियर गर्दै स्विडेनको सङ्कट टारेका थिए। खेलको अन्त्यतिर लुकास बर्गवाल र बेसफोर्ट जेनेलीका प्रहारहरू पोल्याण्डका किपर र पोस्टमा लागेर फर्किए पनि ग्योकेरेसले प्राप्त मौकालाई सदुपयोग गरे।
यो जितसँगै स्विडेनले सन् २०२२ को विश्वकप छनोटमा पोल्याण्डसँग बेहोरेको हारको बदला समेत लिएको छ। पूर्व चेल्सी प्रशिक्षक ग्राहम पोटरको नेतृत्वमा रहेको स्विडेन अब विश्वकपको समूह 'एफ' मा नेदरल्यान्ड्स, जापान र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण