बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

बुधबार, १८ चैत २०८२, १५ : १५
बुधबार, १८ चैत २०८२

सारांश

  • एमालेले निर्वाचनमा हारको मुख्य कारण नयाँ पुस्ताको बदलिँदो मनोविज्ञान र उनीहरूको उदयलाई मानेको छ।
  • पार्टीले नयाँ पुस्ताले कामको नतिजा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिएको निष्कर्ष निकालेको छ।
  • एमालेले निर्वाचनमा २५ सिट मात्र जितेको थियो र पार्टी अध्यक्षको संसद् विघटनलाई पनि हारको कारण मानेको छ।

काठमाडौँ । फागुन २१ को निर्वाचनमा नेकपा एमालेले व्यहोरेको हार र घट्दो जनमतका पछाडि मुख्य रूपमा नयाँ पुस्ता (जेनजी)को उदय र उनीहरूको बदलिँदो मनोविज्ञानलाई प्रमुख कारण रहेकाे नेता मोहनप्रकाश सिवाकोटीले उल्लेख गरेका छन् । 

बुधबार बसेको एमाले जनसंगठनको बैठकको क्रममा कार्यालय परिसरमा एक पर्चा बाड्दै उनले समकालीन राजनीतिमा जेनजी पुस्ताको प्रभावले शक्ति सन्तुलनलाई नयाँ दिशातर्फ धकेलेको भन्दै हारका २० वटा मुख्य कारणहरू औँल्याएका हुन् ।

विश्लेषणअनुसार निर्वाचनमा एमालेसहितका परम्परागत दलहरूले भोगेको चुनौती केवल चुनावी नतिजा मात्र नभई सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनको संयुक्त परिणाम हो।

नयाँ पुस्ताले विचारधारा, इतिहास वा पार्टीप्रतिको बफादारिताभन्दा पनि कामको नतिजा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन थालेको निष्कर्ष सिवाकोटीकाे छ।

पर्चामा राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह र हर्क साम्पाङजस्ता नयाँ शक्ति र उम्मेदवारहरूको उदयले परम्परागत राजनीतिक संरचनामै ठूलो चुनौती खडा गरेको उल्लेख छ। पुराना दलहरूले लामो समय शासन गर्दा पनि नागरिकको दैनिक जीवन र सेवा प्रवाहमा सुधार नदेखिएपछि युवा पुस्ता नयाँ विकल्पतर्फ आकर्षित भएको उनकाे बुझाइ छ।

यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटनलाई नयाँ पुस्ताले शक्ति संघर्ष र राजनीतिक स्वार्थका रूपमा बुझेको र त्यसले राजनीतिक अस्थिरता निम्त्याएको धारणा विकास हुनुलाई पनि हारको एक प्रमुख कारण मानिएको छ। साथै, एमालेको आन्तरिक एकता कमजोर देखिएको र स्थिरता दिन सक्छ भन्ने विश्वासमा चोट पुगेको स्वीकार गरिएको छ।

प्रतिनिधि सभा निर्वाचनमा एमालेले २५ सिटमात्रै जितेको थियो । 

यसअघिको मोहनप्रकाश सिवाकोटीको ठाउँमा अन्यथा पर्न गएकोमा सच्याइएको छ । *

1

11_2bYQL17WRF11_2bYQL17WRF-00122_ZCvbzqYZbS22_ZCvbzqYZbS-001

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप