'रास्वपालाई दुई तिहाइ नजिक पुर्याउन पार्टीकै केही नेताले सहयोगी भूमिका खेले'
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुई तिहाइको नजिक पुर्याउन कांग्रेसलाई नियोजित रूपमा कमजोर बनाइएको आरोप लगाएका छन् ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षको बैठकमा खड्काले रास्वपालाई दुई तिहाइ नजिक पुर्याउन पार्टीकै केही नेताले सहयोगी भूमिका खेलेको आरोप लगाएका हुन् ।
कांग्रेसलाई छिन्नभिन्न नपारेको भए आफ्नो रणनीति सफल नहुने देखेर एउटा गिरोह नै लागेर यो काम गरेको उनको भनाइ थियो । उनले भने, 'कांग्रेसलाई त्यो ठाउँमा नपुर्याउन्जेलसम्म रास्वपाको दुई तिहाइ आउने थिएन, त्यसैले यो सबै काम नियोजित हो ।'
खड्काले कांग्रेसलाई थप कमजोर गराउन अझै प्रयत्न भइरहेको दाबी गरे । विशेष महाधिवेशनबाट गठित अनुशासन समितिले आफूलाई सचेत गराउने निर्णय पनि कांग्रेसलाई थप कमजोर बनाउने रणनीतिबाटै उत्प्रेरित रहेको खड्काले बताए ।
उनले भने, 'आफ्नो स्वार्थ पूरा नहुँदासम्म सानेपा (पार्टी मुख्यालय) बाट सचेत गराउनेजस्ता कुराहरू आइरहन्छन् । हाम्रा साथीहरूले कुरा नबुझेर यस्ता काम गरिरहन्छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण