मुस्ताङबाट १९८ विद्यार्थी एसईई परीक्षामा सामेल हुँदै
बागलुङ । बिहीबारदेखि हुने हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा हिमाली पारिको जिल्ला मुस्ताङबाट कुल १९८ जना सहभागी हुँदै छन् ।
नियमिततर्फ ग्रेडवृद्धितर्फ १८६ र ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थीले परीक्षा दिने भएका हुन् ।
नियमिततर्फ छात्रा ८५ र छात्र १०१ विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङका प्रमुख रामेश्वर लामिछानेले जानकारी दिए । उनका अनुसार ग्रेड वृद्धितर्फ ६ जना छात्र र ६ जना छात्र परीक्षामा सहभागी हुँदै छन् ।
एसईईका लागि जिल्लाभर एउटा मात्र परीक्षा केन्द्र रहेको छ । उक्त केन्द्र जिल्ला सदरमुकाम जोमसोम स्थित जनहित माध्यमिक विद्यालय तोकिएको प्रमुख लामिछाने बताउँछन् । १२ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुन थालेको उनको भनाइ छ ।
प्रमुख लामिछानेले भने, ‘परीक्षाको लागि सबै तयारी पूरा भएको छ । मुस्ताङमा जिल्लाभर एउटा मात्रै परीक्षा केन्द्र छ । विद्यार्थी कम हुँदा धेरै केन्द्र बनाउन सकिएन । विगतदेखि नै एउटा केन्द्र छ ।’ परीक्षा दिने मुस्ताङकाभन्दा बाहिरी जिल्लाको विद्यार्थी धेरै रहेको उनले बताए ।
जनहित माध्यमिक विद्यालय ‘खुला विद्यालय’ हो । यस विद्यालयमा २५ जिल्लाका विद्यार्थीले अध्ययन गर्ने उनी बताउँछन् । उक्त विद्यालयमा निःशुल्क आवाससहितको शिक्षा दिने हुँदा धेरै जिल्लाका विद्यार्थी आएर पढ्ने लामिछाने बताउँछन् ।
‘मुस्ताङमा विद्यार्थीको संख्या निकै कम छ । त्यसमाथि पनि यहाँका स्थानीयले आफ्ना छोराछोरी ठूला सहरमा पढाउने गर्छन् । यहाँ भएकाहरू पनि एउटा बोर्डिङ स्कुल छ । त्यहीँ पढाउँछन्,’ उनले भने । उपल्लो मुस्ताङमा एउटा मात्रै माध्यमिक तहको विद्यालय छ । जिल्लाभर कुल ३२ वटा वटा विद्यालय छन् । जसमा ११ वटा माध्यमिक तहका विद्यालय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण