राजनीति
कांग्रेसले बोलायो संसदीय दलको बैठक
बिहीबार, १९ चैत २०८२, ११ : १९
सारांश
- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ, जसमा पहिलो अधिवेशनबारे छलफल हुनेछ।
- सांसद मोहन आचार्यका अनुसार, बैठक सिंहदरबारमा बिहान ११ बजे बोलाइएको छ।
- प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ, जसमा पार्टी कसरी प्रस्तुत हुने छलफल हुनेछ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको सांसद मोहन आचार्यले जानकारी दिए ।
‘बिहान ११ बजे दलको बैठक आह्वान भएको छ,’ सांसद आचार्यले रातोपाटीसँग भने, ‘पहिलो बैठकमा कसरी प्रस्तुत हुने ? भन्नेबारे छलफल गर्न बोलाइएको हो ।’
फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधि सभाको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने बैठकमा पार्टीबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकमा छलफल हुनेछ ।
बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण