‘हामी बिचौलिया होइनौँ’ भन्दै आन्दोलनमा उत्रिए लेखापढी व्यवसायी, मालपोत र नापीको सेवा ठप्प
सारांश
- सरकारले बिचौलियाको आरोप लगाएपछि सर्लाहीका भूसेवा प्रयोगकर्ता र व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
- हरिवनमा मालपोत र नापी कार्यालयका व्यवसायीहरूले सेवा बन्द गरेर विरोध जनाएका छन्।
- आफूहरूलाई कार्यालय प्रवेशमा रोक लगाइएको भन्दै व्यवसायीहरूले सम्मानजनक उपस्थितिको माग गरेका छन्।
सर्लाही । सरकारले ‘बिचौलिया’को संज्ञा दिँदै कार्यालय प्रवेशमा रोक लगाएको भन्दै भूसेवा प्रयोगकर्ता र कानुनी लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सर्लाहीको हरिवनमा मालपोत र नापी कार्यालय व्यवसायीहरूले सेवा ठप्प पारेका हुन् ।
आफूहरूलाई सरकारले विनाकारण बिचौलिया भनेर अपमान गरेको र कार्यालय हाताभित्र प्रवेश निषेध गराएको भन्दै हरिवनका सम्पूर्ण लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले ‘हामी बिचौलिया होइनौँ’ भन्दै आफ्ना सटरहरू पूर्ण रूपमा बन्द गरेर विरोध जनाएका छन्। व्यवसायीहरूले काम रोकेपछि जग्गा प्रशासनसँग सम्बन्धित मालपोत र नापी कार्यालयका सम्पूर्ण कामकाज प्रभावित भएका छन्।
स्थानीय लेखापढी व्यवसायी कृष्ण भण्डारी लेखापढी व्यवसायीलाई कार्यालय प्रवेशमा रोक लगाउनु अन्यायपूर्ण भएको बताउँछन् । ‘हामी कानुनबमोजिम काम गर्ने व्यवसायीलाई सरकारले बिचौलियाको ट्याग लगाएर कार्यालय प्रवेशमा रोक लगाउनु अन्यायपूर्ण छ। यसैको विरोध स्वरूप हामीले आफ्ना सटर बन्द गरी आन्दोलन गर्न बाध्य भएका हौँ’ उनले भने ।
व्यवसायीहरूले सटर बन्द गरी सेवा प्रवाह ठप्प पारेपछि जग्गा किनबेच, रोक्का, फुकुवालगायतका कामका लागि मालपोत र नापी कार्यालय आएका सर्वसाधारण भने मर्कामा परेका छन्। आफूहरूको सम्मानजनक उपस्थिति र सहज वातावरण नबनेसम्म आन्दोलन जारी रहने व्यवसायीहरूको अडान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण