सल्यानमा अटो दुर्घटना हुँदा ५ जना घाइते
बिहीबार, १९ चैत २०८२, १३ : २७
सारांश
- सल्यानको कपुरकोट गाउँपालिकामा अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
- दुर्घटनामा घाइते हुनेहरूमा चालक र अन्य यात्रुहरू रहेका छन्, जसलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
- एक जना घाइतेलाई भने स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ।
सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बिहीबार सल्यानको कपुरकोटा गाउँपालिका ४ लामिडाँडास्थि किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको म.प्र.०३००३ स ४०१५ नम्बरको अटो दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा सल्यानको कपुरकोट गाउँपालिका ४ बस्ने ३८ वर्षीय टिकाराम राना (चालक), सोही ठाउँ बस्ने ७२ वर्षीय डिलबहादुर सुनार, ३८ वर्षीय सागर एरी, ४४ वर्षीय टोपबहादुर एरी र भारत घर भई भाँडा बेच्दै हिँड्ने ५२ वर्षीय सफी अहमद रहेको प्रहरीले जनाएको छ । घाइते राना, सुनार, सागर र अहमदलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
टोपबहादुरलाई भने आधारभूत स्वास्थ्य चौकी कपुरकोट पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
-
डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण