पश्चिम एसिया द्वन्द्वको नेपालमा प्रभावबारे परराष्ट्रले थाल्यो अध्ययन
सारांश
- पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रमले नेपालमा पारेको प्रभावबारे अध्ययन गर्न परराष्ट्र मन्त्रालयले कार्यदल गठन गरेको छ।
- परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठित १० सदस्यीय उच्चस्तरीय कार्यदलले सात दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी काम थालेको छ।
काठमाडौँ । पश्चिम एसियाका देशहरूमा विकसित परिस्थितिका कारण नेपालमा परेको प्रभावबारे परराष्ट्र मन्त्रालयले अध्ययन थालेको छ ।
पश्चिम एसियाका देशहरूमा विकसित घटनाक्रमले नेपालमा पर्ने प्रभावको मूल्यांकन तथा व्यवस्थापन गर्न परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेको हो । सो कार्यदलमा श्रम मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, पर्यटन मन्त्रालयलगायत मन्त्रालयका सचिवहरूसहित १० सदस्यीय कार्यदल बनिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कार्यदलले मध्यपूर्वी एसियामा जारी घटनाले नेपालमा परेको प्रभाव तथा उत्पन्न परस्थितिबारे अध्ययन सुरु गरिसकिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षत्रीले बताए । सात दिनभित्र यसको प्रतिवेदन सरकारलाई बुझाउने गरी काम थालिएको उनले बताए । 'कार्यदल १५ गते गठन भएको थियो । त्यस दिनदेखि सात दिनभित्र परराष्ट्र मन्त्रालयले अध्ययन प्रतिवेदन बुझाउने छ,' उनले बताए ।
परराष्ट्र मन्त्रालयले विभिन्न माध्यमबाट सूचना संकलन गर्ने काम गरिरहेको छ । पत्रमार्फत, फोनमार्फत, प्रत्यक्ष भेटेर सूचना संकलन गर्ने काम भइरहेको बताउँदै उनले सरकारलाई समयमा अध्ययन प्रतिवेदन बुझाउने तयारीमा आफूहरू लागेको उनले बताए ।
सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीको बुँदा नम्बर ९५ मा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्न अन्तर–मन्त्रालय कार्यदल गठन गर्ने र त्यसका आधारमा आवश्यक नीति तथा रणनीति तयार गर्ने कार्य ३० दिनभित्र सम्पन्न गर्ने उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण