अक्षयकुमारको ‘भूत बङ्गला’ को प्रदर्शन मिति परिवर्तन
सारांश
- बलिउड अभिनेता अक्षयकुमार अभिनित फिल्म 'भूत बङ्गला' को प्रदर्शन मिति परिवर्तन गरिएको छ।
- निर्माता एकता कपूरका अनुसार १० अप्रिलको साटो अब यो फिल्म १६ अप्रिलदेखि प्रदर्शनमा आउने भएको छ।
- हाल बक्स अफिसमा सफल 'धुरन्धर २' को प्रभावका कारण प्रदर्शकहरूको सहमतिमा मिति सारिएको हो।
मुम्बई । बलिउड अभिनेता अक्षयकुमार र निर्देशक प्रिय दर्शनको बहुप्रतिक्षित फिल्म ‘भूत बङ्गला’ को प्रदर्शन मिति हेरफेर भएको छ । १० अप्रिलमा प्रदर्शन हुने तयारीमा रहेको फिल्म अब १६ अप्रिलदेखि प्रदर्शनमा आउने फिल्मकी निर्माता एकता कपूरले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन् ।
एकता कपूरका अनुसार १६ अप्रिल (बिहीबार) राति ९ बजेदेखि फिल्मको ‘पेड प्रिभ्यू’ शोहरू सुरु हुनेछन् । निर्माता, वितरक र प्रदर्शकहरूको त्रिपक्षीय सहमतिबाट प्रदर्शन मिति सार्ने निर्णय भएको उनले बताइन् । फिल्मको मिति सार्नुको मुख्य कारण हाल प्रदर्शन भइरहेको ‘धुरन्धर २’ को बक्स अफिस सफलतालाई मानिएको छ ।
‘भूत बङ्गला’ मार्फत अक्षयकुमार र निर्देशक प्रियदर्शनको जोडी करिब १४ वर्षपछि ठुलो पर्दामा फर्किएको हो । यो एक हरर–कमेडी फिल्म हो ।
फिल्ममा अक्षयका साथै तब्बू, परेश रावल, वामिका गब्बी, राजपाल यादव र असरानी जस्ता चर्चित कलाकारको मुख्य भूमिका छ । अक्षय र प्रियदर्शनको सहकार्यमा यसअघि ‘हेरा फेरी’, ‘भुल भुलैया’ र ‘गरम मसाला’ जस्ता ब्लकबस्टर फिल्म आएकोले पनि फिल्म दर्शकमाझ प्रतीक्षित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
-
२०१२ को दिल्ली बलात्कारको झल्को दिने गरी भारतमा अर्को क्रूर सामूहिक बलात्कार
-
नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण