सभामुखको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)
बिहीबार, १९ चैत २०८२, १७ : ५७
सारांश
- संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन तालिका सार्वजनिक गरेको छ।
- निर्वाचन तालिका अनुसार चैत २० गते उम्मेदवारी दर्ता गर्ने र २२ गते मतदान गर्ने कार्यतालिका रहेको छ।
काठमाडौँ । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । बिहीबार संघीय संसद सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो ।
तालिका अनुसार चैत २० गते सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गर्ने, दर्ता भएका उम्मेदवारको सूची प्रकाशित गर्ने कार्यतालिका रहेको छ । २० गते ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ : ३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गर्ने जनाइएको छ ।
त्यस्तै, चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ ।
यस्तो छ निर्वाचन तालिका :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण