पाँचथरमा जिप दुर्घटना, १ जनाको मृत्यु
पाँचथर । पाँचथरमा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । यहाँको हिलिहाङ गाउँपालिका–५ स्थित बञ्चरेडाँडामा मे१च ६०२९ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअप धनी हिलिहाङ–५ का आभास माबोको मृत्यु भएको हो ।
मेची राजमार्गको डोपकिलेबाट अम्रिसोको कुचो लिई सुभाङतर्फ गइरहेको पिअकप आज दिउँसो २ः२० बजे घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका २४ वर्षीय माबोलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा सोही स्थानका सन्दीप उभरकोटी र पिकअप चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का कृष्णबहादुर बराइली घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण