राजनीति
शुक्रबार एमालेको आकस्मिक सचिवालय बैठक
बिहीबार, १९ चैत २०८२, २१ : ४६
सारांश
- नेकपा एमालेले शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा आकस्मिक सचिवालय बैठक बोलाएको छ।
- प्रतिनिधि सभाको बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिप्रति पार्टीभित्र असन्तुष्टि देखिएको छ।
- उपाध्यक्ष विष्णु पौडेलले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो विषयमा छलफल गरिने बताएका छन्।
काठमाडौँ । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । प्रतिनिधि सभाको आज बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल) को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।
उपाध्यक्ष थापाको अभिव्यक्तिप्रति अर्का उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका छन् । सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिए ।
एमाले नेताहरूका अनुसार बादलले दिएको अभिव्यक्तिबारे पार्टीमा कुनै छलफल नै भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण