नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार घोषणा : भीमार्जुन आचार्यदेखि गायिका सहिमासम्म सम्मानित हुने
सारांश
- नातिकाजी स्मृति समाजले वर्ष २०८१ को नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कारका लागि सम्मानित हुने स्रष्टाहरूको नाम सार्वजनिक गरेको छ।
- विगतमा स्थगित भएको सम्मान कार्यक्रमलाई यसपटक भव्य रूपमा सम्पन्न गर्ने निर्णय समाजले गरेको छ।
काठमाडौँ । नातिकाजी स्मृति समाजले वर्ष २०८१ को ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार’ घोषणा गरेको छ । समाजले एक विज्ञप्ति जारी गर्दै सम्मान तथा पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूको नाम सार्वजनिक गरेको हो । समाजको चैत्र १६ गते बसेको कार्यसमितिको बैठकले विभिन्न विधाका कलाकर्मीहरूलाई सम्मानित र पुरस्कृत गर्ने निर्णय गरेको सचिव विश्वास घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा विगतमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, आम निर्वाचन तथा शोकका कारण स्थगित गरिएको सम्मान कार्यक्रमलाई यसपटक भव्य रूपमा सम्पन्न गर्ने निर्णय समेत भएको जनाइएको छ ।
नेपाली सङ्गीत क्षेत्रका शिखर पुरुष सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापित यस समाजले हरेक वर्ष स्रष्टाहरूको पहिचान र प्रोत्साहनका लागि यस्तो सम्मान प्रदान गर्दै आएको छ ।
कस–कसले पाउँदैछन् सम्मान र पुरस्कार ?
नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान : यो ९ जना स्रष्टाहरूलाई प्रदान गरिने भएको छ । सम्मानित हुनेहरूमा गीतकार नारायण कुमार आचार्य, गायक जुजुकानी रञ्जित, गीतकार वीरेन्द्र पाठक, गायक शशी गुरुङ, गायक गणेश पराजुली, गीतकार/गायक/संगीतकार डा. भीमार्जुन आचार्य, संगीतकार निर्वाण सि गुरुङ, गीतकार साबु गदाल र गीतकार तथा संगीतकार अष्ट लामा रहेका छन् ।
नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार: यो विधाबाट गीतकार मनोज खड्का, गायक रोशन गुरुङ, संगीतकार ताराप्रकाश लिम्बु, गायिका सरिता शाही, एरेन्जर चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारी पुरस्कृत हुने भएका छन् ।
नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार: यो पुरस्कार गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा र गायिका बिपना तामाङलाई मात्र प्रदान गरिने भएको छ ।
नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार : शास्त्रीय संगीततर्फ एक मात्र व्यक्ति प्रमोद उपाध्यायलाई पुरस्कृत गरिनेछ ।
नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार: पत्रकारिता क्षेत्रबाट दुई व्यक्ति अनन्त वाग्ले र गीता अधिकारी पुरस्कृत हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण