ट्रम्पले म्याक्रोँलाई 'श्रीमतीले कुट्छे' भनेपछि...
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँको वैवाहिक सम्बन्धलाई लिएर अपमानजनक टिप्पणी गरेका छन्।
- म्याक्रोँले ट्रम्पको उक्त अभिव्यक्तिलाई असभ्य र स्तरहीन भन्दै कडा आलोचना गरेका छन्।
- इरानविरुद्धको अमेरिकी सैन्य अभियानमा फ्रान्सले साथ नदिएपछि दुई नेताबीचको सम्बन्धमा चिसोपन बढेको छ।
वासिङ्गटन डीसी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत टिप्पणीप्रति प्रतिक्रिया जनाएका छन् । ट्रम्पले फ्रान्सले इरानविरुद्धको अमेरिकी–इजरायली अभियानमा साथ नदिएको भन्दै म्याक्रोँको आलोचना गर्दै उनको वैवाहिक सम्बन्धबारे व्यंग्य गरेका थिए ।
एक निजी कार्यक्रममा ट्रम्पले म्याक्रोँकी श्रीमती ब्रिजिट म्याक्रोँसँग सम्बन्धित टिप्पणी गर्दै अपमानजनक अभिव्यक्ति दिएका थिए । ‘मैले फ्रान्समा म्याक्रोँलाई फोन गरे, उसकी श्रीमतीले उनलाई निकै खराब व्यवहार गर्छिन् । उनको दाहिने बंगारा अझै ठीक हुँदैछ,’ उनले सन् २०२५ मा सार्वजनिक भएको एक भिडियो उल्लेख गर्दै म्याक्रोँमाथि व्यंग्य गरेका थिए ।
ट्रम्पको यस टिप्पणीमा प्रतिक्रिया दिन कर गरेपछि दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका म्याक्रोँले ट्रम्पको अभिव्यक्ति सभ्य र स्तरअनुसारको नभएको भनेका छन् । म्याक्रोँको पत्नी उनीभन्दा २५ वर्ष जेठी छिन् । गएको वर्ष म्याक्रोँ दम्पत्तिले अमेरिकी पोडकाष्टर क्यान्डेस ओवेन्स विरुद्ध मुद्दा हालेका थिए ।
ओवेन्सले बिज्रिट पुरुष हुन सक्ने भनेका थिए । यस घटनाले दुई नेताबीचको सम्बन्धमा आएको चिसोपन झन प्रष्ट पारेको छ । फ्रान्सले इरानविरुद्धको अमेरिकी अभियानमा प्रत्यक्ष सैन्य समर्थन दिन अस्वीकार गरेपछि दुईबीच मतभेद बढेको थियो ।
यद्यपि फ्रान्सले पर्सियन गल्फ क्षेत्रमा आफ्नो सैन्य उपस्थिति कायम राखेको छ । उसले हवाई सुरक्षा प्रणाली र लडाकु विमान पठाएर क्षेत्रीय सहयोगीहरूको सुरक्षा गरिरहेको छ । साथै साइप्रस नजिक समुद्री सुरक्षा बल पनि परिचालन गरेको छ । तर स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनका लागि अमेरिकी प्रयासमा फ्रान्सले प्रत्यक्ष सहयोग गर्न मानेको छैन । फ्रान्सले स्पेन र इटालीसँग मिलेर अमेरिकी बमबारी अभियानमा संलग्न विमानलाई आफ्नो हवाई अड्डा प्रयोग गर्न नदिने निर्णयसमेत गरेको छ ।
ट्रम्पको टिप्पणीपछि फ्रान्सभित्र पनि तीव्र प्रतिक्रिया आएको छ । वामपन्थी नेता म्यानुएल बोम्पार्डले उक्त टिप्पणीलाई पूर्ण रूपमा अस्वीकार्य बताएका छन् भने संसदकी अध्यक्ष याएल ब्राउन–पिभेले पनि आलोचना गर्दै यस्तो समयमा व्यक्तिगत व्यंग्य अनुचित भएको बताएकी छिन् ।
पहिलो कार्यकालमा मैत्रीपूर्ण सम्बन्ध देखाएका ट्रम्प र म्याक्रोँबीच पछिल्लो समय अन्तर्राष्ट्रिय नीतिमा मतभेद बढ्दै जाँदा व्यक्तिगत स्तरमै विवाद देखिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण