कुवेतको तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण
सारांश
- कुवेतको मिना अल-अह्मदी तेल प्रशोधन केन्द्रमा इरानद्वारा ड्रोन आक्रमण भएको छ।
- आक्रमणका कारण रिफाइनरीमा लागेको आगोलाई आपत्कालीन टोलीले नियन्त्रणमा लिएको छ।
- कुवेतमा पाँच हप्ताको अवधिमा सो रिफाइनरीमा भएको यो तेस्रो आक्रमण हो।
कुवेत सिटी । कुवेतको एउटा तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको छ । कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले शुक्रबार बिहान कुवेतको एउटा तेल प्रशोधन केन्द्रमा ड्रोनद्वारा आक्रमण भएको पुष्टि गरेको हो ।
कम्पनीले यसलाई दुष्ट ड्रोन हमला भनेको छ । तर आक्रमणमा कुनै पनि कर्मचारी घाइते नभएको बताइएको छ । कम्पनीको मिना अल–अह्मदी रिफाइनरीमा आगलागी भएको भए पनि आपत्कालीन टोलीले तुरुन्त स्थिति नियन्त्रणमा लिएको केपीसीले जनाएको छ ।
कम्पनीका अनुसार ३९ सञ्चालन इकाइमध्ये केहीमा आगो फैलिएको थियो तर तुरुन्त नियन्त्रणमा ल्याइएको छ । आगलागीको समयमा क्षेत्रको हावापानीको गुणस्तरको नजिकबाट अनुगमन भइरहेको छ र अहिलेसम्म वातावरणमा कुनै नकारात्मक असर नदेखिएको कम्पनीले बताएको छ ।
मिना अल–अह्मदी रिफाइनरी पश्चिम एसियाको ठुलो प्रशोधन केन्द्रमध्ये एक हो । सो कम्पनीले दैनिक ३ लाख ४६ हजार ब्यारेल तेल प्रशोधन गर्न सक्छ ।
कुवेतमा तीन वटा ठुला तेल प्रशोधन केन्द्र रहेका छन् । विगत पाँच हप्तादेखि जारी द्वन्द्वमा मिना अल–अह्मदी रिफाइनरीमा इरानी ड्रोनद्वारा यसअघि पनि दुई पटक आक्रमण भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण