संवैधानिक इजलास सम्बन्धी छुट्टै वेबपोर्टल सार्वजनिक
सारांश
- सर्वोच्च अदालतले संवैधानिक इजलाससँग सम्बन्धित जानकारीका लागि छुट्टै वेबपोर्टल सार्वजनिक गरेको छ ।
- उक्त पोर्टलबाट संवैधानिक इजलासका पेसी, आदेश, फैसला र कानुनी विवरणहरू सहजै प्राप्त गर्न सकिनेछ ।
- सर्वोच्च अदालतले संवैधानिक रिटका मुद्दाहरूलाई प्राथमिकतामा राखेर सुनुवाइ गर्ने लक्ष्य लिएको छ ।
काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धी छुट्टै वेबपोर्टल सार्वजनिक गरेको छ । शुक्रबार सर्वोच्च अदालतकी कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले वेब पोर्टल सार्वजनिक गरेकी हुन् ।
उक्त पोर्टलमार्फत संवैधानिक इजलाससँग सम्बन्धित पेसी, आदेश, फैसला लगायत विवरण लिन सकिनेछ । पोर्टलमा संवैधानिक इजलाससँग सम्बन्धित ऐन, कानुन लगायतका विवरणहरू पनि राखिएको छ ।
संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी,तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा र शारङ्गा सुवेदी रहनेछन् ।
संवैधानिक इजलासमा रहेका २८२ वटा मुद्दा बाँकी रहेका छन् । यसअघि ९ सय १४ वटा मुद्दा रहेकोमा ६ सय ३८ वटा मुद्दा फैसला भइसकेको छ । सर्वोच्च अदालतले अब संवैधानिक रिटका मुद्दाहरूलाई प्राथमिकतामा राखेर सुनुवाइ गर्नेछ ।
सर्वोच्च अदालतले निर्वाचनसम्बन्धी विवादलाई ६ महिनाभित्र निरूपण गर्ने लक्ष्य राखेको छ । साथै ८ वर्ष पुराना मुद्दालाई पहिलो प्राथमिकताको सूचीमा राखेर निरूपण गर्ने जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण