एमालेले किन दिएन सभामुखमा उम्मेदवारी ?
सारांश
- नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने बताए पनि अन्तिम समयमा पछि हटेको छ।
- सभामुखको उम्मेदवारी दर्ता गर्ने समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालको मात्र उम्मेदवारी परेको छ।
- एमाले सचिवालय बैठकमा सभामुखको उम्मेदवारीबारे छलफल नै नभएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिएका छन्।
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने बताए पनि अन्तिम समयमा पछि हटेको छ । सभामुखको निर्वाचनका लागि आज शुक्रबार दिउँसो २ सम्म मनोनयन दर्ताको समयमा उम्मेदवारी दिन नगएर एमाले पछि हटेको हो ।
यसअघि एमाले सांसद ऐन महरले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने बताएका थिए ।
‘विपक्षी कसैले उम्मेदवारी दिए समर्थन रहन्छ, यदि नभए एमाले नै उम्मेदवारी दिन्छ’, महरले रातोपाटीसँग भनेका थिए । महरले एमाले सचिवालय बैठकमा सभामुख उम्मेदवारीबारे छलफल गर्ने समेत बताएका थिए । तर एमाले सचिवालय बैठक चल्दाचल्दै सभामुखको उम्मेदवारी दिने २ बजेसम्मको समय सीमा सकिएको थियो ।
उक्त समयभित्र रास्वापका डीपी अर्यालको मात्र उम्मेदवारी परेको छ । यसैबिच नेकपा एमालेको सचिवालय बैठकमा सभामुखमा पार्टीले उम्मेदवारी दिने नदिनेबारे छलफल नै नभएको उपाध्यक्ष गोकर्ण विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण