१० बुँदे सहमतिसँगै सुर्खेतमा सार्वजनिक यातायात पुनः सञ्चालन
शुक्रबार, २० चैत २०८२, १६ : ४६
सारांश
- जिल्ला प्रशासन र यातायात व्यवसायीहरूबिच १० बुँदे सहमति भएपछि सुर्खेतमा बन्द रहेका सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन्।
- सहमतिअनुसार अब सार्वजनिक यातायातले तोकिएको बसपार्कबाट मात्र यात्रु चढाउनुपर्ने र अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने भएको छ।
सुर्खेत । सुर्खेतमा शुक्रबार बिहानदेखि बन्द रहेका सार्वजनिक सवारी साधनहरू सञ्चालनमा आएका छन् ।
शुक्रबार जिल्ला प्रशासन र यातायात व्यवसायीहरूबिच १० बुँदे सहमति भएसँगै सवारी साधनहरू सञ्चालनमा आएका हुन् ।
यी हुन् १० बुँदे सहमति
१. सार्वजनिक स्थानमा जथाभाबी पार्किङ गर्न नपाइने।
२. यात्रुले तोकिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने।
३. बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने।
४. बसपार्कबाटै तोकिएको गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने।
५. तोकिएको भाडादर अनुसार मात्र भाडा लिनुपर्ने।
६. अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने।
७. सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने।
८. अनुमति प्राप्त सिटमा कुनै किसिमको हेरफेर गर्न नपाइने।
९. दर्ता भएको प्रयोजनअनुसार मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने।
१०. यसअघि बन्द गरिएका सार्वजनिक यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
-
कांग्रेस उपसभापति पुष्पा भुसाल कोरियामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण