पर्यटकलाई विष खुवाएर बिरामी बनाइने दाबी ‘भ्रामक’ : सीआईबी
सारांश
- सगरमाथा क्षेत्रमा पर्यटकलाई विष खुवाएर बिरामी बनाइने गरिएको दाबीलाई केन्द्रीय अनुसन्धान ब्युरोले आधारहीन र भ्रामक भनेको छ।
- अनुसन्धानका क्रममा पर्यटकलाई विष खुवाइएको कुनै पनि प्रमाण फेला नपरेको प्रहरीले स्पष्ट पारेको छ।
- अपुष्ट समाचारले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याउने भन्दै प्रहरीले जिम्मेवार बन्न आग्रह गरेको छ।
काठमाडौँ । सगरमाथा क्षेत्रमा गाइडहरूले पर्यटकलाई खानामा विषालु पदार्थ मिसाएर नियतवश बिरामी बनाउने गरेको भनी सञ्चार माध्यममा आएका समाचारलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्णतः आधारहीन र भ्रामक भनेको छ ।
‘फेक रेस्क्यु’ सम्बन्धी भइरहेको अनुसन्धानलाई जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रसारित यस्ता खबरले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पारेपछि सीआईबीले औपचारिक विज्ञप्ति जारी गर्दै खण्डन गरेको हो।
प्रेस विज्ञप्तिमा सीआईबीले हालसम्मको अनुसन्धानका क्रममा पर्यटकलाई बिरामी बनाउन विष खुवाइएको भन्ने कुनै पनि प्रमाण फेला नपरेको स्पष्ट पारेको छ । नक्कली उद्धार गरी बीमा रकम ठगी गर्ने गिरोहमाथि ब्युरोले सूक्ष्म अनुसन्धान गरिरहेको भए पनि गाइडहरूले नै विष मिसाएर पर्यटकको स्वास्थ्यमा खेलबाड गरेको भन्ने दाबीमा कुनै सत्यता नभएको प्रहरीको निष्कर्ष छ।
यस्ता अप्रमाणित र भ्रामक समाचार सम्प्रेषण गर्नु गैरकानुनी कार्य भएको सीआईबीले जनाएको छ । सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता कपोलकल्पित समाचारले मुलुकको छवि र पर्यटन उद्योगलाई गम्भीर क्षति पुर्याउने उल्लेख गरिएको छ।
प्रहरीले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूलाई जिम्मेवार बन्न र आधिकारिक पुष्टि बिना यस्ता संवेदनशील विषयमा समाचार प्रकाशन वा प्रसारण नगर्न कडा आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण