पोर्ट भेलविरुद्ध चेल्सीको सानदार जित
सारांश
- चेल्सीले पोर्ट भेलमाथि ७-० को सानदार जित निकाल्दै एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ।
- चेल्सीको जितमा जोरेल हाटो, जोआओ पेड्रो, तोसिन अडाराबायोयो, आन्द्रे सान्तोष, एस्तेभाओ र अलेजान्ड्रो गार्नाचोले गोल गरेका थिए।
- खेलको ४३ औँ मिनेटमा पोर्ट भेलका जोर्डन लरेन्स-गेब्रियलले एक आत्मघाती गोल गरेका थिए।
।
इङ्लिस फुटबल क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा चेल्सीले पोर्ट भेलमाथि ७–० को विशाल गोल अन्तरले जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको थियो । खेलको दोस्रो मिनेटमै जोरेल हाटोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २५ औँ मिनेटमा जोआओ पेड्रोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४३ औँ मिनेटमा पोर्ट भेलका जोर्डन लरेन्स–गेब्रियलले आत्मघाती गोल गरेपछि पहिलो हाफमै चेल्सी ३–० ले अघि रह्यो ।
दोस्रो हाफमा पनि चेल्सीको दबदबा कायम रह्यो । ५७ औँ मिनेटमा तोसिन अडाराबायोयोले गोल गर्दै स्कोर ४–० पुर्याए । ६९ औँ मिनेटमा आन्द्रे सान्तोषले टोलीका लागि पाँचौँ गोल थपे । खेलको ८२ औँ मिनेटमा एस्तेभाओले गोल गरेपछि चेल्सी ६–० को सुरक्षित अवस्थामा पुगेको थियो ।
खेलको अन्तिम समयमा अलेजान्ड्रो गार्नाचोले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको ७–० को सानदार जित सुनिश्चित गरे ।
पोर्ट भेलले खेलभरि नै चेल्सीको बलियो रक्षापंक्तिलाई चुनौती दिन सकेन र क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो । यो प्रभावशाली जितसँगै चेल्सीले यस सिजनको एफए कपको उपाधि दाबेदारीलाई अझ बलियो बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण