मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारले दुई दिन बिदा दिने निर्णयबारे के भने पूर्व प्रधानमन्त्री भट्टराईले ?

आइतबार, २२ चैत २०८२, १७ : ३२
आइतबार, २२ चैत २०८२

सारांश

  • पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारी कार्यालयमा दुई दिन बिदा दिने सरकारको निर्णय सही र वैज्ञानिक भएको टिप्पणी गरेका छन्।
  • उनले यो निर्णयलाई अस्थायी नभई स्थायी रूपमा नै लागू गर्न सुझाव दिएका छन्।

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारी कार्यालय समय बिहान ९ देखि साँझ ५ बजे र शनिबार–आइतबार बिदा दिने सरकारको निर्णय सही र वैज्ञानिक भएको टिप्पणी गरेका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्ताे बताएका हुन् । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

डा. भट्टराईले यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावको कारण अस्थायी रूपमा लागू गर्ने मात्र नभई सार्वजनिक वार्षिक बिदा र क्यालेण्डर (पात्रो) मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागू गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुने सुझाव दिएका छन् ।

bb

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप