पत्रकार महासङ्घका महासचिव दाहालले दिए प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यबाट राजीनामा
सारांश
- नेपाल पत्रकार महासङ्घका महासचिव राम प्रसाद दाहालले प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य पदबाट आइतबार राजीनामा दिएका छन्।
- दाहालले देशको बदलिँदो परिवेशलाई आत्मसात् गर्दै नैतिक कारणले सो पदमा बसिरहन उचित नहुने भन्दै राजीनामा दिएका हुन्।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका महासचिव राम प्रसाद दाहालले आइतबार प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यबाट राजीनामा दिएका छन् ।
अध्ययन, विवेक र क्षमताले भ्याएसम्म काउन्सिलको उद्देश्य प्राप्तिमा क्रियाशील रहँदै आए पनि बदलिएको परिवेशलाई आत्मसात् गर्दै काउन्सिलको बोर्ड सदस्यबाट राजीनामा दिएको उनले बताए ।
‘मुलुकको परिवर्तित परिवेश आत्मसाथ गर्दा म उक्त पदमा रहिरहन नैतिक दृष्टिले उचित नहुने निष्कर्षमा पुगेको छ । अतः आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु । भविष्यमा काउन्सिलले गर्ने कानुन–विधि सम्मत र असल कार्यमा बाहिरै रहेर साथ र सहयोग पुर्याउने प्रण गर्दछु,’ काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
काउन्सिललाई ऐन नियम बमोजिम सञ्चालन गरी थिति बसाउने प्रयास स्वरूप बैठक सञ्चालन, आर्थिक अनुशासन, पत्रपत्रिका वर्गीकरणमा हुने गरेको अन्याय र विभेद, सञ्चारमाध्यम र पत्रकारलाई आचारसंहिताको नाममा रिस साध्ने, दुःख दिने तथा साइबर ब्युरोमा पत्राचार गरी फौजदारी अभियोगतर्फ धकेल्नेलगायतका कार्यका विरुद्ध भित्रै रहेर सङ्घर्ष गरिएको उनले स्मरण गरे ।
उनले आगामी दिनमा बाहिरबाट यिनै विषय उठाउन नपरोस् भन्ने कामना समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण