सुनको मूल्य आज तोलामा २६ सयले घट्यो, यस्तो छ नयाँ दर
सोमबार, २३ चैत २०८२, ११ : १३
सारांश
- नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले घटेको छ।
- आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ।
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले घटेको हो ।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतिताेला २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ४९ हजार ८३० रुपैयाँ कायम गरिएको छ ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँ रहेको थियो ।
यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण