तीन करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन राष्ट्र बैंकको निर्देशन
सोमबार, २३ चैत २०८२, ११ : १६
सारांश
- नेपाल राष्ट्र बैंकले ३ करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
- कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रका लागि यो सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
- बीमा वा पर्याप्त धितो भएका ऋणमा मात्र यस्तो सुविधा पाइने व्यवस्था गरिएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो भार घटाउन निर्देशन दिएको हो ।
यसअघि यी कर्जाको जोखिमभार शतप्रतिशत थियो ।
तर, यस्तो अण सहुलियत हुन कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्र हुनु पर्नेछ । त्यस्तै, ऋणको बीमा भएको वा पर्याप्त धितो कायम भएका ऋणका हकमा मात्रै यस्तो सुविधा पाइने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले शासकीय सुधारका १०० कार्यसूचीमा साना तथा मझौला ऋणको जोखिम भार घटाउने विषय समावेश गरेको थियो ।
यो बुँदालाई कार्यान्वयन गर्न र यसअघिका राष्ट्र बैंकले नै ल्याएका एसएमई कर्जा विस्तारका कार्यक्रमलाई अघि बढाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण