राष्ट्रहितमा राजनीतिक दलबिच सहकार्य अनिवार्य : निशा डाँगी
सोमबार, २३ चैत २०८२, १४ : १२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रहितका लागि राजनीतिक दलहरूबिच सहकार्य अनिवार्य रहेको बताएकी छन्।
- उनले राजनीति आरोप प्रत्यारोपका लागि नभई परिवर्तनका लागि गर्नुपर्नेमा जोड दिइन्।
- सांसद डाँगीले आफूहरू सदन र सरकारमा शासन गर्न नभई जनताको सेवा गर्न आएको उल्लेख गरिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डाँगीले राष्ट्रहितमा राजनीतिक दलहरूबिच सहकार्य अनिवार्य रहेको बताएकी छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद डाँगीले राजनीति आरोप प्रत्यारोपका लागि नभई परिवर्तनका लागि गर्नुपर्ने बताइन् । ‘राष्ट्रहितमा सहकार्य अनिवार्य छ,’ डाँगीले भनिन्, ‘राजनीति आरोप प्रत्यारोपको मात्रै होइन, परिवर्तनका लागि गर्नुपर्ने बेला आएको छ ।’
उनले प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको विजय नागरिकको अपेक्षा र आशाको विजय भएको बताइन् । यो विजय कुनै एक दलको विजय नभएको उनको भनाइ थियो ।
आफूहरू सदन र सरकारमा शासन होइन, सेवा गर्न आएको उनको भनाइ थियो । सरकार र सदनले यही भावनाले निर्णय गर्नुपर्ने डाँगीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
-
सुटिङका क्रममा कंगनाले वीर दासको ओठ टोकेर रक्ताम्मे बनाएको दाबी
-
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
-
शोमा युवतीमाथि अश्लील टिप्पणी गरेपछि समय रैना फेरि विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण