ओली र लेखकलाई रिहा गर्न एमाले सांसदको माग
सारांश
- नेकपा एमालेका सांसद ऐनबहादुर महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई बिना सर्त रिहा गर्न माग गरेका छन्।
- उनले सरकारले विद्यार्थी सङ्गठन र ट्रेड युनियनमाथि लगाएको प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले तत्काल पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री रमेश लेखकलाई बिना सर्त रिहाइको माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्दै तत्काल ओली र लेखकलाई बिना सर्त रिहाइको माग गरेका हुन् ।
उनले सरकारले गैरकानुनी र गैरन्यायीक ढङ्गले पक्राउ पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरेको उल्लेख गरे । लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान नहुने भन्दै सांसद महरले विधि शासनको स्थापना गर्नका निमित्त सबैलाई समान खालको व्यवहार हुनुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा विद्यार्थी सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरे ।
उनले विद्यार्थी आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलन र व्यवस्थाका मूल मर्म भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण