मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

सोमबार, २३ चैत २०८२, १४ : ३५
सोमबार, २३ चैत २०८२

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्।
  • सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले उक्त समितिका सदस्यहरूको नाम सार्वजनिक गरेका छन्।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले कार्यव्यवस्था परामर्श समिति गठन गरी सदस्यहरू मनोनीत गरेको जानकारी गराएका हुन् ।

सभामुख अर्यालका अनुसार समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल र कामिनी चौधरी छन् । 

त्यस्तै, समितिमा क्रान्तिशिखा धिताल, खुस्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव छन् । त्यस्तै देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा र विपिनकुमार आचार्य रहेका सभामुख अर्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप