पाल्पामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु
सोमबार, २३ चैत २०८२, १५ : ०३
सारांश
- पाल्पाको रामपुरमा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक चालकको मृत्यु भएको छ।
- ट्याक्टर अनियन्त्रित भई पल्टिँदा रामपुर-४ का ४२ वर्षीय टेकबहादुर आलेको घटनास्थलमै ज्यान गएको छ।
- घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बुटवल । पाल्पाको रामपुर नगरपालिका–३ गैँडुनमा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ३ त ७२५ नम्बरको ट्याक्टर पल्टिँदा रामपुर–४ बाङ्गेपसल निवासी ४२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको हो।
प्रहरीका अनुसार रामपुर–३ का स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोत्ने क्रममा ट्याक्टर घुमाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो।
ट्याक्टर पल्टिएपछि त्यसैमा च्यापिँदा चालक आलेको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक प्रक्रिया अघि बढाइएको पाल्पाका डिएसपी होम प्रकाश चौधरीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण