प्रहरीसम्म पुग्यो पूर्व मिस नेपाल खड्गीको पूर्वपतिसँगको विवाद
सोमबार, २३ चैत २०८२, १७ : ३२
सारांश
- पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो पूर्वपतिसँगको विवादलाई लिएर भक्तपुर प्रहरीको महिला सेलमा उजुरी दिएकी छिन्।
- उजुरी परेपछि प्रहरीले सोमबार खड्गी र उनका पूर्वपति जीपी तिमल्सिना दुवैलाई बोलाएर छलफल गराएको छ।
काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्गीको पूर्वपतिसँगको विवाद प्रहरीसम्म पुगेको छ । विवाद बढेसँगै खड्गीले भक्तपुर प्रहरीको महिला सेलमा उजुरी दिएकी हुन् ।
उनले उजुरी दिएसँगै पूर्वपति जीपी तिमल्सिना र खड्गी दुबैलाई प्रहरीले बोलाएर सोमबार छलफल गराएको छ ।
भक्तपुरका एसपी सूर्य खड्काले खड्कीको उजुरीपछि दुबैलाई बोलाएर छलफल गराएको बताए । केही दिनअघि पूर्वमिस नेपाल खड्गीले तिमल्सिनासँगको पारिवारिक तथा सम्पत्ति विवादलाई सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी थिइन् ।
विवाद बढ्दै जाँदा उनी प्रहरीमै पुगेकी हुन् । १७ वर्ष लामो वैवाहिक जीवनमा निरन्तर शारीरिक र मानसिक यातना सहनुपरेको भन्दै उषाले २०७६ सालमा तिमल्सिनासँग सम्बन्धविच्छेद गरेकी थिइन्। तर डिभोर्सपछि पनि उनीहरु अंश लगाएर एकै घरमा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण