इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार
काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि मङ्गलबारसम्ममा ‘हर्मुज घाँटी’ लाई स्वतन्त्र आवागमनका लागि खुला नगरेमा इरानले अर्को भयङ्कर आक्रमणको सामना गर्नुपर्ने र इरानले महत्वपूर्ण पूर्वाधार ध्वस्त भएको हेर्नुपर्ने चेतावनी दिनुभएको थियो । युद्ध अन्त्यका लागि वार्ता गर्न ४५ दिनको युद्धविराम प्रस्तावलाई इरानले नकारे पनि अमेरिकाको यसपछिको प्रतिक्रिया आइसकेको छैन ।
समाचार एजेन्सी आइआरएनएले भनेको छ, “इरानले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति पाकिस्तानलाई आफ्नो प्रतिक्रिया जानकारी गराएको छ ।”“दश बुँदामा तयार गरिएको प्रतिक्रियामा इरानले युद्धविरामलाई अस्वीकार गरेको छ र द्वन्द्वको निश्चित अन्त्यको आवश्यकतामा जोड दिएको छ । ”
यसअघि, इरानले युद्ध अन्त्यका लागि केही शर्त अघि सारेको थियो । युद्ध तेह्रौँ दिनमा प्रवेश गर्दै गर्दा तेहरानले आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने सुनिश्चितता (ग्यारेन्टी) नभएसम्म सङ्घर्ष नरोकिने स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण