सरकारले फिर्ता बोलायो ६ देशका राजदूत
मङ्गलबार, २४ चैत २०८२, ०९ : ५७
सारांश
- सरकारले भारतसहित ६ देशका लागि नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
- तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाइएको हो।
- यो निर्णयसँगै १७ देशका कूटनीतिक नियोगहरू नेतृत्वविहीन भएका छन्।
काठमाडौँ । सरकारले भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई फिर्ता बोलाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
फिर्ता बोलाइएको राजदूतहरूमा भारतका लागि नेपाली राजदूत डा। शङ्करप्रसाद शर्मा,दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे ,अस्ट्रेलियाका लागि चित्रलेखा यादव,श्रीलङ्काका डा। पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन् ।
उनीहरूलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका लगायत १७ देशका कूटनीतिक नियोग नेतृत्वहीन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण