‘कुम्भ’ जेठ १५ मा रिलिज हुने
सारांश
- रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म 'कुम्भ' आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
- एक्सन-लभ स्टोरी जनराको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ।
काठमाडौँ । रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्म छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्म मार्फत निर्देशनमा डेब्यु गरेका हुन् ।
एक्सन–लभ स्टोरी फिल्म ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने बताइएको फिल्ममा अशोक आर्यन, वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका छ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय छ।
नेपाल र दक्षिण भारतमा छायांकन गरिएको फिल्ममा साउथ इन्डियाका थुप्रै कलाकारको अभिनय छ । फिल्मको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन् । द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, अप्ठ्यारोमा कोशीको संसदीय अंकगणित
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण