बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मर्यादाक्रम

११ दिनमा फेरियो मन्त्रीको वरीयता, विवादमा तानिएका मन्त्री साह पुछारमा (सूचीसहित)

मङ्गलबार, २४ चैत २०८२, १२ : ५८
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • नियुक्त भएको ११ दिनपछि सरकारले मन्त्रीहरूको वरीयताक्रममा व्यापक हेरफेर गरेको छ।
  • विवादमा तानिएका श्रममन्त्री दीपक साहको वरीयताक्रम सबैभन्दा पुछारमा पुगेको छ।

काठमाडौँ । नियुक्त भएको ११ दिनपछि बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा रहेका मन्त्रीहरुको वरीयतामा व्यापक हेरफेर गरिएको छ । चैत १३ गते मन्त्रिपरिषद् गठन हुँदा गृहमन्त्री सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा रहेकामा चैत २४ गते राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गर्दा गृहमन्त्री सुदन गुरुङ पाँचौँ नम्बरमा पुगेका छन् । यसअघि १३ गते उनको वरीयता ३ नम्बरमा थियो । 

यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेको वरीयता २ नम्बर नै कायम छ भने यसअघि ४ नम्बरमा वरीयता भएका परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता अहिले ३ नम्बर कायम गरिएको छ । यस्तै ४ नम्बर वरीयतामा राखिएका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको वरीयता अहिले ६ नम्बरमा रहेको छ भने यसअघि ६ नम्बरको वरीयता रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अहिले ४ नम्बर कायम रहेको छ । 

यस्तै यसअघि ७ नम्बरमा रहेका पर्यटनमन्त्री खडक राज पौडेलको वरीयता अहिले १२ नम्बर पुगेको छ भने शिक्षा सस्मित पोखरेलको ८ नम्बरको वरीयता अहिले ११ नम्बर कायम गरिएको छ । 

यस्तै ९ नम्बरमा रहेकी स्वास्थ्यमन्त्री निशा मेहताको १० नम्बर, १० नम्बरमा रहेका डा विक्रम तिमल्सिनाको वरीयता अहिले १३ नम्बर कायम गरिएको छ । 

यसैगरी यसअघि ११ नम्बरमा रहेकी संघीय मामिला मन्त्री प्रतिभा रावलको अहिले ९ नम्बर, १२ नम्बरमा रहेकी कानुनमन्त्री सोविता गौतमको अहिले ७ नम्बर, १३ नम्बरमा रहेकी कृषि मन्त्री गीता चौधरीको अहिले १४ नम्बर, १४ नम्बरमा रहेका श्रममन्त्री दीपक साहको अहिले पुछारमा वरीयता रहेको छ । दीपक यसअघि ठगीमा मुछिएको भन्दै विवादमा तानिएका थिए । तर, उनको रेकर्ड हेर्दा उनले अदालतबाट सफाइ पाएको देखिएको थियो । अहिले फेरि उनले श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिलाएको भन्दै विवाद भएको छ । 

यस्तै यसअघि अन्तिममा वरीयता रहेकी महिलामन्त्री सीता वादीको वरीयता ८ नम्बर कायम भएको छ ।

659698721_983333277684426_2780547393844068476_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप