प्याक सकिएपछि ब्यालेन्स नकाट्ने व्यवस्थाबारे के भन्छ टेलिकम, कसरी हुन्छ कार्यान्वयन ?
सारांश
- सरकारले डाटा प्याक सकिएपछि मेन ब्यालेन्सबाट पैसा काटिने समस्या समाधान गर्न टेलिकम कम्पनीहरूलाई निर्देशन दिएको छ।
- नयाँ व्यवस्था अनुसार ९० प्रतिशत डाटा सकिएपछि ग्राहकलाई सूचना पठाएर थप प्याक लिने वा नलिने विकल्प दिइनेछ।
- नेपाल टेलिकमले सरकारको निर्देशन प्राप्त भइसकेको र यसको प्राविधिक तयारी गरिरहेको जनाएको छ।
काठमाडौँ । सरकारले डाटा प्याक सकिएपछि मेन ब्यालेन्सबाट पैसा काटेर डाटा चल्ने व्यवस्था मिलाउन टेलिकम कम्पनीहरूलाई निर्देशन दियो । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको १० प्राथामिकतामा यो विषय समावेश गरिएको हो।
त्यसको एउटा बुँदामा नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा मोबाइल डेटा सुधार गर्दै ९० प्रतिशत डाटा प्रयोग भएपछि ग्राहकलाई सूचना पठाउने, पे एज यू गो (पीएआईजी) विकल्प उपलब्ध गराउने र सब्सक्रिप्सन मोडेलमा सेवा सञ्चालन गर्न सकिने प्रणाली लागु गर्न निर्देशन दिइएको छ । यो निर्देशन दुईवटै दूरसञ्चार सेवा प्रदायकलाई पठाइसकिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
यो व्यवस्था लागु भएसँगै अब लिइएको डाटाको ९० प्रतिशत डाटा सकिने बित्तिकै म्यासेज आउँछ । उक्त म्यासेजसँगै डाटा नवीकरण गर्ने कि मेन ब्यालेन्सबाटै चलाउने भन्ने विकल्प आउने टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धर बताउँछन् । सरकारको निर्देशन प्राप्त भइसकेको भन्दै यसको प्राविधिक तयारी गरिरहेको उनको भनाइ छ।
‘हामीले अहिले पनि ८० प्रतिशत डाटा सकिएपछि म्यासेज पठाउने गरेका थियौं, अब ९० प्रतिशत भएपछि पठाउँछौं,’ प्रवक्ता महर्जन भन्छन्, ‘यो डाटा नसकिँदै ग्राहकले फेरि डाटा प्याक लिने वा नलिने विकल्प छान्न सक्नेछन् ।’
उनका अनुसार फेरि प्याक लिएमा त्यही प्याक अनुसार डाटा चल्नेछ । यदि त्यस्तो प्याक नलिने र मेन ब्यालेन्सबाटै चल्ने विकल्प छानेमा त्यही अनुसार हुनेछ । तर, कुनै विकल्प पनि छनोट नगर्ने र डाटा पनि चलाइरहेको अवस्थामा भने डिफल्टमा सेट भए अनुसार डाटा चल्ने वा नचल्ने निर्धारण हुने उनी बताउँछन्।
अहिले टेलिकमहरूले डाटा प्याक अन्तर्गत सस्तो मूल्यमा डाटा सेवा दिँदै आएका छन् । तर, मेन ब्यालेन्सबाट प्रयोग गर्दा भने डाटा निकै महँगो पर्छ । तर, डाटा प्याक लिएर इन्टरनेट चलाइरहेका व्यक्तिले यसको अवधि सकिएको थाहा नपाउँदा मेन ब्यालेन्सबाट महँगो मूल्यमा डाटा प्रयोग हुने र ब्यालेन्स सकिएपटि मात्रै थाहा पाउने अवस्था थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण