४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नगर्न पुनः निर्देशन
सारांश
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगमा रोक लगाउन पुनः निर्देशन दिएको छ।
- सरकारले वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित २०८२ मंसिर १ गतेदेखि यस्तो प्रतिबन्ध पूर्ण रूपमा लागू गर्ने निर्णय गरेको छ।
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातला प्लाष्टिकका झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाउन पुनः निर्देशन दिएको छ।
विभागले मंगलबार एक सूचना जारी गर्दै वातावरणीय प्रदूषण न्यूनीकरण गर्न यस्तो कदम चालिएको जनाएको छ ।
विभागका अनुसार, मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको निर्णयबाट स्वीकृत ‘प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८’ अहिले कार्यान्वयनमा छ । यसैगरी, आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ११८ मा समेत प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण कम गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा रोक लगाउने उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘२०८२ मंसिर १ गतेदेखि लागू हुने गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ । त्यसैले दैनिक कामकाजका क्रममा यस्ता झोला प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैलाई पुनः अनुरोध गरिन्छ ।’
सरकारले वातावरण जोगाउने उद्देश्यले ल्याएको यो नियम उल्लङ्घन गर्नेलाई पनि कानुनी कारबाही गरिने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण