डेपुटी गभर्नर पण्डितले सम्हाले कार्यभार
सारांश
- नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण गरी मंगलबार कार्यभार सम्हालेका छन्।
- गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
- दुई दशकभन्दा लामो कार्यअनुभव भएका पण्डित यसअघि कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका थिए।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो कार्यभार सम्हालेका छन् ।
बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै पण्डितले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका हुन् । नेपाल सरकारको २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त भएका हुन् ।
शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर पण्डितलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । डेपुटी गभर्नर पण्डितसँग राष्ट्र बैंकमा दुई दशक लामो कार्यअनुभव छ । उनले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवामा प्रवेश गरेका थिए ।
आफ्नो व्यावसायिक दक्षताका कारण उनी २०६८ सालमा उपनिर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए ।
कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग जस्ता महत्त्वपूर्ण विभागहरूको नेतृत्व गरेका थिए ।
साथै, उनले बैंकको केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण