अमेरिका र इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य
कतिमा हुन्छ कारोबार ?
सारांश
- अमेरिका र इरानबिच युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले बढेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ।
- सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला ८९३ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ । अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ ।
नेपाली बजारमा बुधवार सुनको मूल्यमा ७ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो ।
महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । मङ्गलवार सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्य पनि ८९३ ले बढेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला ८९३ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
इरानमाथिको आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको भाउमा वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य २.३ प्रतिशतले बढेर प्रतिऔँस ४,८१२.४९ अमेरिकी डलर कायम भएको छ । कारोबारको सुरुवाती चरणमा त सुनको भाउ ३ प्रतिशतभन्दा बढीले बढेर गत मार्च १९ पछिकै उच्च स्तरमा पुगेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण