अपडेट
सिंहदरबारमा ‘कूटनीतिक आचारसंहिता’बारे छलफल
बुधबार, २५ चैत २०८२, ११ : २६
सारांश
- परराष्ट्र मन्त्रालयले 'परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता' सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ।
- छलफलमा मन्त्रीहरू र परराष्ट्र सेवाका कर्मचारीहरूको सहभागिता रहेको छ।
काठमाडौँ । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ । बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा मन्त्रीहरू, परराष्ट्र सेवाका कर्मचारीलगायतका पदाधिकारीहरू सहभागी छन् ।
‘कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलाका विविध पक्षहरूबारे छलफल भइरहेको छ’, स्रोतले जनाएको छ ।
आजै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विभिन्न देशका नेपालस्थित राजदूतहरुसँग छलफल गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण