आईपीएल २०२६ : ओरेन्ज र पर्पल क्यापमा पनि राजस्थानकै कब्जा
सारांश
- राजस्थान रोयल्सले आईपीएल २०२६ मा अपराजित रहँदै लगातार तेस्रो जित दर्ता गरेको छ।
- यशस्वी जैसवाल १७० रनसहित ओरेन्ज क्यापको शीर्ष स्थानमा रहनुभएको छ।
- रवि बिश्नोई ७ विकेट लिँदै पर्पल क्यापको दौडमा सबैभन्दा अगाडि हुनुहुन्छ।
गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले आफ्नो अपराजित यात्रा कायम राख्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। मंगलबार गुवाहाटीमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थानले लगातार तेस्रो जित दर्ता गरेको हो।
११-११ ओभरमा झारिएको उक्त प्रतिस्पर्धात्मक खेलमा जित निकालेसँगै राजस्थानले प्लेअफको दौडमा आफूलाई बलियो बनाएको छ। प्रतियोगितामा शीर्ष चारभित्र पर्न टोलीहरूबिच प्रतिस्पर्धा बढ्दै जाँदा यस सिजनका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको सूचीमा पनि राजस्थानकै वर्चस्व देखिएको छ।
ब्याटिङतर्फ सर्वाधिक रन बनाउने खेलाडीले पाउने ‘ओरेन्ज क्याप’ अहिले राजस्थानका यशस्वी जैसवालको टाउकोमा सजिएको छ। मुम्बईविरुद्धको खेलमा जैसवालले मात्र ३२ बलमा अविजित ७७ रनको विष्फोटक इनिङ खेले।
यस सिजन तीन इनिङ्समा १७० रन बनाइसकेका उनी एक पटक मात्र आउट भएका छन्। जैसवालले दिल्ली क्यापिटल्सका समिर रिज्वीलाई १० रनले पछि पार्दै शीर्ष स्थान ओगटेका हुन्।
दिल्लीका रिज्वी १६० रनका साथ दोस्रो स्थानमा छन्, जसले यसअघि मुम्बईविरुद्ध ९० रनको उत्कृष्ट इनिङ खेलेका थिए। ओरेन्ज क्यापको दौडमा हेनरिक क्लासेन (सनराइजर्स हैदरावाद), वैभव सूर्यवंशी (राजस्थान) र रोहित शर्मा (मुम्बई) पनि शीर्ष पाँचभित्र रहेका छन्।
बलिङतर्फ पनि राजस्थानकै दबदबा रहेको छ। सर्वाधिक विकेट लिने खेलाडीलाई दिइने ‘पर्पल क्याप’ लेग स्पिनर रवि बिश्नोईले आफ्नो नाममा राखेका छन्। मुम्बईविरुद्धको खेलमा २ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट लिएपछि बिश्नोईको कुल विकेट संख्या ७ पुगेको छ। यसअघि गुजरात टाइटन्सविरुद्ध उनले ४१ रन दिएर ४ विकेट लिएका थिए। बिश्नोईले अन्य बलरहरूलाई पछि पार्दै स्पष्ट अग्रता लिएका हुन्।
पर्पल क्यापको दौडमा बिश्नोईपछि चार जना बलरहरू समान ५-५ विकेटका साथ दोस्रो स्थानमा रहेका छन्। जसमा पञ्जाब किंग्सका विजयकुमार वैशाक, चेन्नई सुपर किंग्सका अंशुल कम्बोज, राजस्थान रोयल्सकै नान्द्रे बर्गर र रोयल च्यालेन्जर्स बेंगलुरुका ज्याकोब डफी रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026